शुक्रबार, पुस ४, २०८२

विश्वकपमा लगाएको मेस्सीको जर्सी ७.८ मिलियन डलरमा बिक्री

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेस्सीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो।

National life

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो।  विश्वकपको दौरानमा मेसीले फाइनलको पहिलो हाफमा लगाएका, सेमिफाइनल, क्वाटरफाइनल, प्रिक्वाटरफाइनल र समूह चरणमा लगाएका ६ वटा जर्सी अक्सनमा राखिएको थियो।

विश्वकपको इतिहासमै समूह चरणदेखि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एक मात्र खेलाडी मेस्सी बनेका थिए। आठ पटकका बालोन डिओर विजेता मेस्सीले विश्वकपमा सबै सात वटै खेल खेलका थिए। जसमा उनले समूह चरणमा २ वटा खेलमा एउटै जर्सी लगाएका थिए। त्यसैले ६ वटा जर्सी मात्र अक्सनमा राखिएको थियो। जर्सी लिलामीबाट प्राप्त रकम मध्येको १ भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको उपचारमा खर्च गरिने बताइएको छ।

यसअघि म्यारोडानोको एउटै जर्सी ७.१ मिलियन डलरमा बिक्री भएको थियो। म्याराडोनाको ‘ह्याण्ड अफ गड’ जर्सी सन् २०२२ मा अक्सनमा राखिएको थियो। उक्त जर्सी ७.१ मिलियन डलरमा बिक्री भएको थियो। म्याराडोनाले हातले परेको गोललाई त्यतिबेला रेफ्रीले समेत ठम्याउन सकेका थिएनन्। म्याराडोनाको उक्त ‘हाते’ गोललाई ह्याण्ड अफ गड भनिने गरिन्छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 15, 2023| 12:13 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्