शुक्रबार, पुस ४, २०८२

ओलीमाथि आक्रमणबारे एमालेले भन्‍यो  - मुक्का हान्‍ने नियत देखिएन

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको समाचार गलत भएको बताएको छ।

National life

बिहीबार भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा महालक्ष्मी नगरपालिका–५ का महेश राईले ओलीमाथि हातपातको प्रयास गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। एमालेले ‘कथित पहिचानवादीले हातपातको प्रयास गरेको’ भनि अनर्गल प्रचार गरिएको भदै आपत्ति जनाएको छ।

नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको सफलताबाट आत्तिएकाले यस्तो झुटो प्रचार गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।

‘एउटा जँड्याहाको अस्वाभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभूतपूर्व सफलताबाट र त्यसले दिएको सन्देशबाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ’, महासचिव पोखरेलले भने।

यसैबीच एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस नोट जारी गरी अध्यक्ष माथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण भएको बताएका छन्।

Laxmi sunrise bank
kumari

‘जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वाभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, नोटमा लेखिएको छ।  

उता कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले एमाले अध्यक्षलाई स्वगत गर्न बसेका ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको बताएका छन्। पूर्व प्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको बास्तोलाले बताए।

‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ’, बास्तोलाले भने। ओलीमाथि हातपात प्रयास गर्ने राईलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 14, 2023| 21:05 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्