सोमबार, असार २२, २०८३

मापसे गरेका थिए ओलीमाथि हातपात गर्ने राईले

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।

स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडियोमा स्वागतका लागि लाइनमा बसेका महेश राईले अध्यक्ष ओलीमाथि हातपात गरेको देखिन्छ। ओलीमाथि आक्रमण गर्न लागेको देखेपछि सुरक्षाकर्मीले राईको एउटा हात समाएका थिए। ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।

प्रहरीले राईलाई नियन्त्रणमा लिएको छ। ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।

प्रकाशित: Dec 14, 2023| 17:07 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्