शुक्रबार, पुस ४, २०८२

रास्वपाको वडा अधिवेशन आजदेखि

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरु भएको छ। रास्वपाले पार्टी स्थापनापछि पहिलो पटक वडा अधिवेशन गर्न थालेको हो।

National life

सातै प्रदेशका एक-एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीले जनाएको छ। रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ।

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन्।

यसपछि क्रमश: पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर राष्ट्रिय महाधिवेशन गर्ने पार्टीको योजना छ।

प्रकाशित: Dec 14, 2023| 09:00 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्