शुक्रबार, पुस ४, २०८२

किन सर्‍यो एकीकृत समाजवादीको सचिवालय बैठक? 

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ। बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

National life

एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो। पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो।

कृषि मन्त्रीसमेत रहेका कार्यदलका अध्यक्ष बेदुराम भुसालनै देश बाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको श्रेष्ठले जानकारी दिए।

‘सचिवालयको बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची थियो। तर, कार्यदलका अध्यक्ष नै मुलुक बाहिर रहेकाले बैठक सारिएको हो,’ उनले भने।

एकीकृत समाजवादीले महाधिवेशनको तयारी गरिरहेको छ। माघ १४ देखि  १८ गतेसम्म गर्ने भनिएको महाधिवेशन जेठ ३ देखि सुरू गर्ने गरी सारिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 13, 2023| 19:14 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्