सोमबार, असार २२, २०८३

कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आज बस्दैछ। यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरूसँग परामर्शपछि बुधबार बस्ने सहमति भएको हो। नेता कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्।

कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक बुधबारलाई सारिएको थियो। 

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Dec 13, 2023| 07:27 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्