बिहीबार, वैशाख २०, २०८१

एसीसी यू-१९ एसिया कप क्रिकेट: भारतसँग नेपाल ५२ रनमै अलआउट

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ। यूएईमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा केबल ५२ रनमा अलआउट भयो। यू–१९ मा नेपालको यो सबैभन्दा न्युन स्कोर हो।

triton college

भारतीय बलरलाई सुरुआतमा लय मिलाउन गाह्रो परेको थियो र उनीहरुले वाइड बल फालिरहे पनि नेपालले त्यसको फाइदा उठाउन सकेन्। भारतले अतिरिक्तमा मात्र १३ रन दिएको थियो, त्यसमा १२ वाइड थियो। नेपालबाट कुनै ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन्। नेपाली इनिङ्समा केबल ४ चौका समावेश थियो।

दशौं नम्बरमा ब्याटिङ गरेका हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए। अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए। दीपक र दीपेश कँडेलले सातौं विकेटमा जोडेको १२ रन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो। दीपेशले ४ रन बनाए। दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए। आकाश चन्द ४ रनमा अविजित रहे।

प्रतियोगितामा नेपालले पहिलो दुई खेल हारिसकेको छ। पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग आइतबार नेपाल ७३ रनले पराजित भएको थियो।

प्रकाशित: Dec 12, 2023| 13:44 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्