सोमबार, असार २२, २०८३

रास्वपा संसदीय दलको बैठक बस्दै, मुख्य तीन एजेन्डा

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अपराह्न संसदीय दलको बैठक बोलाएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने बताइएको छ।

आजको बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशन र विविध प्रस्तावमाथि छलफल हुनेछ।

कात्तिक १६ गते संसद्को बर्खे अधिवेशन अन्त्य भएको थियो। हिउँदे अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ।
 

प्रकाशित: Dec 11, 2023| 09:15 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्