मंगलबार, असार १७, २०८२

स्वास्थ्य बिमा प्रभावकारी तुल्याउन निर्देशन

 |  आइतबार, मंसिर २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

vianetvianet

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा आयोजित स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै उनले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

कार्यक्रममा उनले बोर्डका नवनियुक्त अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।

मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए। मन्त्री बस्नेतले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिए।

प्रकाशित: Dec 10, 2023| 20:15 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्