सोमबार, असार २२, २०८३

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

 |  सोमबार, मंसिर २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २५, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक बोलाइएको हो।

आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ।

विशेषगरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता लगायत समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
 

प्रकाशित: Dec 11, 2023| 05:41 सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्