बुधबार, पुस २, २०८२

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोलद्वारा राजीनामा 

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन्।

National life

उनले २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए।

'मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन,' उनले भने। राजीनामाको कारण भने उनले खुलाउन चाहेनन्। 

गजुरेललाई २०७९ माघ ९ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको थियो। उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत हु्न्। गत मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट भने पाएका थिएनन्। उनको असन्तुष्टिलाई हटाउनका लागि प्रधानमन्त्री प्रचण्डले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए। 

नियुक्ति प्रमुख राजनीतिक सल्लाहकार भए पनि आफूसँग कुनै सल्लाह नहुने गरेको उनको गुनासो थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 10, 2023| 17:03 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्