शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पालाई

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

ntc landingntc landing

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबार सम्पन्न भएको छ। यस प्रतियोगितामा १४३ प्रतियोगीको सहभागिता थियो।

himalayan bank box

एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधि जित्न सफल भएका छन्। शनिबार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए। यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन्।

४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए। केसीले पुरस्कार स्वरुप ट्रफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन्।

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शद्भाव आचार्यले जित्न सफल भए। आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जिते। उनले ट्रफीसँगै सामसङको ग्यालेक्सी जेड फिल्प पुरस्कार पाएका छन्।

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छन्। उनले ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरे भने गीता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा रनरअप भइन्।

३७ प्वाइन्टको साथ रवीन्द्र पुरुष ढकाल सिनियर्सतर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन्। त्यस्तै होलको ८ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञानबहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए।

यो प्रतियोगिता ३/४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र गोकर्ण गल्फ क्लबका क्याप्टेनसहित अन्य पाहुनाहरूले विजयीलाई पुरस्कार हस्तान्तरण गरेका थिए।

गल्फ प्रतियोगितामा आफ्नो उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘यस प्रतियोगितालाई हामीले हाम्रा गल्फप्रेमी ग्राहकलाई एक अनुपम अनुभव प्रदान गर्न सक्षम भएका छौँ भन्ने प्रमाणका रूपमा हेरेका छौँ। यो केवल एक प्रतियोगिता मात्र नभइ सम्बन्ध स्थापित गर्ने, मित्रता गाँस्ने र हाम्रा साझेदारहरूसँग दीर्घकालीन सम्बन्ध बनाउने कार्यक्रम पनि हो। गोकर्ण फरेस्ट रिसोर्ट, प्रायोजक र यस कार्यक्रमलाई सम्भव बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा सबै साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईंहरूको समर्थन र सहयोगी भावना सफलताका लागि महत्तवपूर्ण छ।’

यस प्रतियोगिताबाट एनसेलले २ लाख ८६ हजार गल्फ प्रतियोगिताका लागि दर्ता शुल्कवापत संकलन गर्न सफल भएको छ। संकलित रकममा एनसेलले थपेर हालै कर्णाली प्रदेशमा गएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमको पुनर्निर्माण कार्यका लागि सहयोग स्वरुप प्रदान गर्नेछ।

एनसेल ओपन गल्फ प्रतियोगितालाई सामसङ नेपाल, फ्लाई दुबई र फ्लाई दुबई होलिडेस, द टेरेसेस रिसोर्ट एन्ड स्पा, दुसित प्रिन्सेस, कोकाकोला वेभरेजेज् नेपालले सहयोग गरेको थियो। एनसेलले यो गल्फ प्रतियोगिता ६/६ महिनाको एक पटक गरि वर्षमा दुई पटक आयोजना गर्नेछ।

प्रकाशित: Dec 10, 2023| 14:22 आइतबार, मंसिर २४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्