आइतबार, मंसिर २८, २०८२

एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलायो

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बोलाएको छ।

National life

बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ। सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ।

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने छ। देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा केही नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिने छ।

प्रकाशित: Dec 09, 2023| 13:35 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्