शनिबार, भदौ २०, २०८३

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई जिताउनुपर्छ : उपसभामुख राना

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउन जरुरी भएको बताएकी छिन्।

कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी (एबीसी) नेपाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘हिंसापछिको जीवन अनुभव आदानप्रसाद कार्यक्रम’ मा उपसभामुख रानाले महिलालाई संविधानले व्यवस्था गरेको कोटामा महिलाले नै प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

‘कानुनी रुपमा व्यवस्था गरिएको सिटमा पनि महिलालाई समानुपातिकमा राखिन्छ, त्यसले महिलाको क्षमता र नेतृत्व विकासमा सहयोग गरेको छैन’, उपसभामुख रानाले भनिन्, ‘महिलालाई प्रत्यक्षमा निर्वाचनमा उठेर जित्ने वातावरण बनाउन जरुरी छ, त्यो काम राज्यले गर्नुपर्छ।’

अहिले पनि मुलुकमा लैङ्गिक हिंसा अन्त्य हुन नसकेको उल्लेख गर्दै उनले बाल्यअवस्थादेखि नै छोराछोरीलाई समान तरिकाले हुर्काउने र विद्यालय, घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्नुपर्नेमा जोड दिइन्।

राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले परिषद्को गत वर्षको बालबालिकाको राष्ट्रिय स्थिति प्रतिवेदनमा दुई हजार एक सय बालिकामाथि हिंसा भएको देखिएको जानकारी दिँदै बालिकामाथि हिंसाको दर क्रमशः कम हुँदै गए पनि सोचेअनुरुप काम हुन नसकेको बताए।

प्रकाशित: Dec 08, 2023| 16:37 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्