बिहीबार, माघ २२, २०८२

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

National life
Laxmi sunrise bank

काठमाडौं- एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ। 
    
संयुक्त अरब ईमिरेट्स (युएई)स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनायो। 
    
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिए। त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाए। उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए। 

ओपनर अर्जुन कुमालले २१ रन जोडे। उनले ३७ बलमा ३ चौका प्रहार गरे। खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट भए। नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती पाँच विकेट गुमाएको थियो। 
     
कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भए भने आकाश त्रिपाठी ६ रनमा आउट भए। तिलक भण्डारीले सात र सुवास भण्डारीले अविजित ८ रन बनाए। 
    
नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए। साथै अमिर हसनले दुई तथा उबेद शाह र अली असफन्दले समान एक/एक विकेट लिए। 

प्रकाशित: Dec 08, 2023| 15:15 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्