शुक्रबार, असार १२, २०८३

यु-१९ एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- यू-१९ एसिया कप क्रिकेट आज शुक्रबारबाट सुरु हुँदैछ। यूएईमा पुस १ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन्। 

National life

नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ११ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन्। समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।

देव खनाल कप्तान रहेको नेपालको टिममा गुलसन झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन्। 

प्रशिक्षकमा जगत टमाटा छन्। राष्ट्रिय टिमबाट खेलेका गुलसनको उपस्थितिले नेपाली टिम थप सन्तुलित देखिन्छ। नेपालले समूह चरण पार गर्ने लक्ष्य राखेको छ। 

Shivam cement

प्रकाशित: Dec 08, 2023| 05:29 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्