मंगलबार, असार २३, २०८३

एनसेलको सेयर खरिद-बिक्रीबारे अध्ययन गर्न समिति गठन

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे उठेका प्रश्नबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ३० दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उच्चस्तरीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

समितिको संयोजकमा पूर्व महालेखा परीक्षक टंकमणि शर्मा तथा सदस्यमा नेपाल सरकारका सचिव फणिन्द गौतम छन्। समितिका अन्य सदस्यमा सहसचिव बाबुराम भण्डारी, रितेश शाक्य तथा आइक्यानका अध्यक्ष सुजन काफ्ले रहेका छन्।  समितिले ३० दिनभित्र सरकारलाई सुझाव दिनेछ।

मलेसियन कम्पनी आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायतमा खडा गरिएको कम्पनीलाई बिक्री गरेको सन्दर्भमा सर्वत्र प्रश्न उठेको छ। प्रतिनिधि सभाको अर्थ र लेखा समितिले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए।

प्रकाशित: Dec 07, 2023| 11:29 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्