सोमबार, पुस ७, २०८२

नेशनल लाइफका अभिकर्ताहरुको कोशीटप्पु भ्रमण

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कोशीटप्पु भ्रमण गराएको छ।

National life

कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशीटप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ६०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई सधैँ प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको जानकारी गराए। उनले योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्तालाई गिफ्ट भौचर र अवार्ड प्रदान गरेका थिए।

सहभागी अभिकर्ताहरुले अर्नाका लागि प्रसिद्ध नेपालको वन्यजन्तु आरक्षण केन्द्र कोशीटप्पुको भ्रमण र सप्तकोशीमा बोटिङलगायतको मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Dec 06, 2023| 14:45 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्