सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
Laxmi sunrise bank
kumari

लागोस- नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको  राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको  राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ।

यता सेनाले भने असाबधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ। यद्पि सेनाले कुनै हताहतीको तथ्याङ्क दिएको छैन। तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन्।   -एएफपी

प्रकाशित: Dec 05, 2023| 20:20 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्