बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषद्धारा सम्मान

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषद्धारा सम्मान

 |  मंगलबार, मंसिर १९, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

vianetvianet

अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरिएको छ। उक्त सम्मान शहरी विकासमन्त्री सिता गुरुङले हस्तान्तरण गरेकी थिइन्।

Kumaribank

गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई ५ लाख रुपैँया सहयोग गरेको थियो। सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई उक्त रकम सहयोग गरेको थियो।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १७ वर्षदेखि संसारभरबाट सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुरु गरेको छ।
 

प्रकाशित: Dec 05, 2023| 12:32 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्