शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानसेनापतिका दाबेदार सिग्देलले जन्ममिति कीर्ते गरेको आरोप, अख्तियारमा उजुरी

प्रधानसेनापतिका दाबेदार सिग्देलले जन्ममिति कीर्ते गरेको आरोप, अख्तियारमा उजुरी

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

काठमाडौं- प्रधान सेनापतिका दाबेदार उपरथी अशोकराज सिग्देल जन्म मिति कीर्तेमा मुछिएका छन्। 

triton college

४५औं प्रधान सेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्म मिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

प्रधान सेनापति प्रभुराम शर्माले रिक्त रथी दरबन्दीमा बढुवाका लागि वरिष्ठताका आधारमा उपरथी सिग्देललाई सिफारिस गरिसकेका छन्। उता अख्तियारले उजुरीबारे छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

वास्तविक जन्म मिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको उजुरीकर्ताको दाबी छ। 

२०३९ सालको एसएलसी प्रमाणपत्र, २०४० सालमा क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्म मिति २०२१ चैत १९ गते रहेको उजुरीमा उल्लेख छ। २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल' उल्लेख छ। 

Metro Mart
vianet

उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको दाबी गरिएको छ। सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्म मिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ। 

त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्म मिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने अख्तियारमा परेको उजुरीमा उल्लेख छ। 

सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ।  

यसअघि प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधान सेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए। सरकारले पाण्डेको राजीनामा स्वीकृत गरिसकेको छ। 

प्रकाशित: Dec 04, 2023| 15:27 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्