शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री फेर्ने कुरा चर्चामात्रै, कोपमा नेपाल छायो: प्रधानमन्त्री

गृहमन्त्री फेर्ने कुरा चर्चामात्रै, कोपमा नेपाल छायो: प्रधानमन्त्री

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुनै तयारी नरहेको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठनको तयारी नगरेको बताए।

triton college

उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ, को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने रे भन्ने चर्चा धेरै भयो। तर हामीले अहिले गठबन्धनभित्र छलफल गरेको छैन, यसबारे सोचिएको छैन। म प्रधानमन्त्री छु, मेरो दिमागमै छैन यो कुरा। त्यसकारण यो सबै हल्ला मात्रै हो।´

नेपाल एयरलाइन्सका ३१ यात्रु छुटेको बारेमा सोधिएको प्रश्नमा उनले आफू दुबई पुगेपछि मात्रै थाहा भएको बताए। आफूले समयमै उक्त जानकारी पाएको भए पर्खेर सँगै लैजाने उनको भनाइ थियो। क्यानले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए। ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ। त्यहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्। मैले साथीहरुलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ।’
प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए। उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो यूएई भ्रमण अभूतपूर्वरूपमा सफल भएको दाबी गरे। उनले सम्मेलन अवधिभर ३-४ दिनसम्म सबैले नेपालकै चर्चा र प्रशंसा गरेको बताए। दुबईबाट फर्केर त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमणको फेहरिस्त प्रस्तुत गरेका थिए। उनले पहिले कहिल्यै नभएको अनुभव नेपालले हासिल गरेको बताए। नेपालले पहिलोपटक बेग्लै पेभिलियन पाएको र यसको अधिकतम सदूपयोग गरेको उनले उल्लेख गरे।

उनले भने, ‘अहिलेसम्म कोपको कुनै पनि सम्मेलनमा नेपालको अलग्गै पेभिलियन थिएन रहेछ। पहिलोपटक हामीले पेभिलियन प्राप्त गरेर हस्तक्षेपकारी भूमिका निभाउन सफल भयौं।’ उनले आफ्नो अध्यक्षतामा भएको राउन्ड टेबलमा सबैले नेपालको प्रशंसा गर्न वाध्य भएको बताए। यो सम्मेलनबाट नेपालले पहाडी राष्ट्रहरुको नेतृत्व लिएको सन्देश गएको पनि उनको दावी छ।

Metro Mart
vianet

प्रकाशित: Dec 03, 2023| 19:50 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्