सोमबार, पुस २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बीपी राजमार्गको पात्लेखेतमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपी राजमार्गको पात्लेखेतमा दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११, पात्लेखेतमा आज (शनिबार) बिहान गाडी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

National life

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको योदा गाडीले आज बिहान ६:१० बजेतिर पात्लेखेतस्थित बीपी राजमार्गमा स्थानीय वर्ष ५० कायमुनाप्रसाद धिताललाई ठक्कर दिएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार बिहान ६:५५ बजे धिताललाई मृत घोषणा गरिएको हो।  ठक्कर दिन गाडी र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 

प्रकाशित: Dec 02, 2023| 09:00 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्