बिहीबार, असार ५, २०८२

‘२.०’ले पहिलो दिनमै तोड्यो रेकर्ड

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई- भारतीय स्टारद्वय अक्षय कुमार र रजनीकान्तको फिल्म २.० बुधबार रिलीज भएको छ। फिल्मले रिलीज भएको पहिलो दिनमै पोजेटिभ रेस्पोन्स पाएको छ। दक्षिण भारतका थुप्रै हलमा २.० को पहिलो सो विहान ४ बजेदेखि सुरु भएको थियो। विहानैदेखि फिल्म हल बाहिर दर्सकको बाक्लो उपस्थिति थियो।

फिल्मको अफिसियल ट्वीटरमा ‘२.० लाई उत्साह जनक रेस्पोन्स। यो ममताका लागि सबैलाई धन्यवाद। थ्रीडीमा यसमो ओजनदार अनुभव’, लेखिएको छ।

ट्रेड एनालिस्ट गिरीश जौहरले फिल्मले पहिले दिन २० देखि २५ करोडसम्मको कमाई गरेको प्रतिकृया दिएका छन्। यो फिल्म हिन्दी, तामिल र तेलुगी भाषामा रिलीज गरिएको छ। यी सबै भाषाका फिल्मको कमाइलाई समेत जोड्दा पहिलो दिनमै १०० करोड कमाई भएको बताइएको छ।
 
यो भन्दा पहिले अमिर खानको ‘ठग्स आफ हिन्दोस्तान’ले पहिलो दिनमा ५० करोड कमाई गरेको थियो। जुन फिल्म केही समय पहिले मात्रै रिलीज भएको थियो। 
यो भन्दा अगाडिका फिल्मको आकडालाई हेर्ने र २.० को गतिलाई हेर्नेहो भने यो फिल्मले अगाडिका फिल्मका सबै रेकर्ड तोड्ने सम्भावना देखिएको छ।

फिल्मको अग्रीम टिकट बुकिङ्ले पनि नयाँ रेकर्ड बनाइरहेको छ। कमाइको कुरा गर्दा बाहुबली–२ ले अहिलेसम्म सबै भन्दा बढी कमाई गरेको छ। बाहुबली–२ ले वल्र्डवाइड १,८१० करोड कमाई गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्