बुधबार, जेठ २०, २०८३

७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ।

National life

सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।

उनी पाको उमेरमा बच्चा जन्माउने महिलाहरूको सूचीमा परेकी छन्। स्थानीय सञ्चारमाध्यमलसँग कुरा गर्दै उनले 'चमत्कार' भएको बताइन्। उनलाई बधाई दिँदै अस्पतालले 'यो चिकित्सकीय सफलताभन्दा पनि मानवीय भावना र चुनौती थेग्न सक्ने शक्तिको कुरा हो' भनेको छ।

'हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ - अफ्रिकाकी ७० वर्षीया महिला जुम्ल्याहा बच्चाकी आमा बनेकी छन्,' विमिन्स् हस्पिटल इन्टरन्याश्नल एन्ड फर्टिलिटी सेन्टरले आफ्नो फेसबुक पेजमा लेखेको छ।

अस्पतालका अनुसार बुधवार मध्याह्न ती बच्चा जन्मिएका थिए। अस्पतालले 'आमा र बच्चाहरू स्वस्थ रहेको' जनाएको छ।

Shivam cement

नामुक्वायाले यूगान्डा डेली मोनिटर पत्रिकालाई गर्भमा जुम्ल्याहा बच्चा रहेको थाहा पाएपछि उनका पार्टनरले आफूलाई छोडेर गएको र गर्भावस्था निकै कठिन बनेको बताएकी छन्।

'पुरुषहरू महिलाले एकभन्दा बढी बच्चा गर्भमा रहेको कुरा मन पराउँदैनन्। म यहाँ भर्ना भएदेखि नै मेरा पार्टनर मलाई हेर्न एक पटक पनि आएका छैनन्,' उनले भनिन्।

नामुक्वायाले तीन वर्षमा दोस्रो पटक बच्चा जन्माएकी हुन्। सन् २००० मा उनले एक छोरी जन्माएकी थिइन्।

महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा रजोनिवृत्तिमा जान्छन्। त्यो अवधिमा उनीहरूको प्रजनन शक्ति घट्दै जान्छ। चिकित्साविज्ञानमा भएको विकासका कारण पाको उमेरमा पनि बच्चा जन्माउन सम्भव बनेको छ।

इन-भिट्रो फर्टिलाइजेशन 'आईभीएफ' त्यसरी बच्चा जन्माउने एउटा उपाय हो। यो प्रक्रियामा महिलाको डिम्बलाई डिम्बाशयबाट बाहिर निकालिन्छ र प्रयोगशालामा शुक्राणुसँग मिलाइन्छ।

यसरी निषेचित डिम्बलाई भ्रूण भनिन्छ। त्यस्तो भ्रूणलाई महिलाको गर्भाशयमा राखिन्छ र शिशुको विकास हुन्छ।

प्रकाशित: Dec 02, 2023| 07:36 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्