बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • सेयर धितोमा कडाइ, कोरोना जोखिम बढेकाे भन्दै गृहको निर्देशन [२०७८-४-२९]

सेयर धितोमा कडाइ, कोरोना जोखिम बढेकाे भन्दै गृहको निर्देशन [२०७८-४-२९]

मौद्रिक नीतिकै अर्को समाचारमा सेयर धितोमा कडाइ गरिएको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक समारोबीच मौद्रिक नीति सार्वजनिक गरेका हुन्। कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई उत्थान गर्ने तथा कोभिड प्रभावितलाई राहत दिने गरी मौद्रिक नीति तय गरिएको उनले बताए। 

मौद्रिक नीतिमार्फत सरकारले कोरोना महामारीका कारण जोखिममा परेका उद्योगी व्यवसायीको उत्थानका लागि ऋण तिर्ने म्याद पुससम्म दिने भएको छ। मौद्रिक नीतिले २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरि २०७८ पुस मसान्त सम्म म्याद थप गर्न सकिने व्यवस्था मिलाएको हो। गभर्नर अधिकारीले कोरोनाबाट अति प्रभावित होटल, पर्यटन जस्ता क्षेत्रका व्यवसायीलाई प्राथामिकता दिइनेछ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विद्युतीय भुक्तानीलाई प्राथामिकतालाई उल्लेख गरेको छ। वृद्धाभत्तालगायतका भक्ताहरु सम्बन्धित व्यक्तिले सजिलै पाउने सक्ने व्यवस्था मिलाउने, सहकारीमा समेत नगद भुक्तानीको सीमा निर्धारण गर्ने र कर्णाली प्रदेशमा वित्तिय उपस्थितिको मात्र बढाउने घोषणा राष्ट्रबैंकले गरेको छ।

मौद्रिक नीतिकै अर्को समाचारमा सेयर धितोमा कडाइ गरिएको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने  बताएका हुन्। 

सेयर धितो राखेर कसैले १२ करोड रूपैयाँ भन्दा बढी ऋण लिन पाउने छैन। यसले ठूला सेयर लगानीकर्ताको मनोवलमा असर पार्ने भएकाले केही दिन बजार प्रभावित हुन सक्नेछ। यसअघि यस्तो व्यवस्था गरिएको थिएन। सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा यथावत् नै राखिएको छ।

यस्तै, सरकारले प्राप्त गर्ने सबै राजस्व अब विद्युत्तीय भुक्तानीमार्फत् हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आव २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। सरकारले प्राप्त हुने सबै क्षेत्रका राजश्व विद्युत्तीय माध्यमबाट सहजीकरण गर्ने राष्ट्र बैकले जारी गरेको नीतिमा उल्लेख छ। 

अर्को प्रसंग छ खोपको। सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक, अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ। 

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश दिएको हो। अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो। उचित समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहका लागि कार्यक्रम सञ्चालन गर्नु गराउनु भनी सर्वोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत भनेको छ। संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्ता आदेश दिएको हो।

कोरोनाकै अर्को सन्दर्भमा तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन र अस्पतालहरु तयारी अवस्थामा राख्न गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको हो। पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो। सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ। मन्त्रालयले सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि निर्देशन दिएको छ।

यस्तै कोरोना भाइरसको महामारी पुनः फैलिरहेको भन्दै त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ। रोल...

शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न नभएको हो। अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ। विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ। 

लाइनमा बस्दा भिडभाड नगर्न, तोकिएको मार्किङ/सांकेतिक पाइला पच्छ्याउन र अन्य स्थानमा रहँदा समेत भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएको छ। कोभिड महामारी बढ्दै जाँदा विमानस्थलमा हुने अधिक भिडभाडले समेत कोरोना सर्न सक्छ।सोहीकारण सतर्कता अपनाउन कार्यालयले आहृवान गरेको हो।

सरकारले खोप र सुरक्षाका मापदण्ड पालनामा जोड दिइएको बताइरहँदा कोरोना संक्रमण भने अपेक्षाकृत रूपमा कम हुन सकेको छैन। पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन्।

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ। 

पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो। ३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानवीन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रिय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली काँग्रेस बाराका नेता उपेन्द्र यादवले बताए। उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनी समेत दिए। 

उता, ३० दिनयता पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधान विपरित क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन। 

नेपाली काँग्रेसको क्रियाशील सदस्य सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ। पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौं १६–१९ काठमाडौंमा हुने काँग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ। 

यता सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृका प्रसाद यादवले बिहीवारको प्रतिनिधि सभा बैठकमा बोलेको केही शब्दहरु हटाउन रुलिङ गरेका छन्।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले बिहीवारको बैठकमा सांसद यादवले बोल्ने क्रममा प्रयोग गरेको शब्द प्रतिनिधि सभा नियमावलीप्रतिकुल हुने देखिएको भन्दै सो शब्द सचिवालयको रकर्डबाट हटाउन रुलिङ गरेका हुन् 

बिहीबारको बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मेन्टली र फिजिकली ठिक नभएको बताएका थिए। सभामुखले रुलिङ गर्नुअघि नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसद निम्छरा शब्दहरु प्रयोग गर्ने ठाउँ नभएको भन्दै संसदको इज्जत र प्रतिष्ठा बचाउनका लागि यादवले प्रयोग गरेको असंसदीय र अमर्यादित शब्दहरु रेकर्डबाट हटाउन माग गरेका थिए। 

प्रमुख सचेतक भट्टराईले केपी शर्मा ओली सत्ताबाट बाहिरिइसकेपछि पनि संसदमा सत्ता पक्ष जस्तो ठानिएको र गालीको केन्द्रविन्दू बनाइएको भन्दै त्यस खालका गतिविधिहरु बन्द गर्न माग गरेका थिए।

संसद्‍कै अर्को प्रसंगमा संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम संचालनमा जोड दिन सरकारलाई सचेत गराएको छ। 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो। जोखिम क्षेत्रमा केन्द्रित भएर मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिइन्। 

बैठकले हराएका व्यक्तिहरुको खोजीका लागि दिइएको उजुरी सबै प्रहरी कार्यालयमा सर्कुलर हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ। बैठकमा समितिका सदस्यहरुले तीन वटै तहका सरकारले बलियो सहकार्य गरेर मानव बेचबिखन नियन्त्रण तथा हराएका व्यक्तिहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकमा गृह सचिव टेकनारायण पाण्डेले किशोरीमाथि हुने बलात्कार, हत्या, हिंसालगायतका जघन्य अपराधका घटना न्यूनीकरणका लागि विद्यालय तहबाटै जनचेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको समितिलाई जानकारी गराए। 

गृहसचिव पाण्डेले सरकारले तीन वटै तहको सरकारसँग समन्वय गरेर सामाजिक अपराधका घटना न्यूनीकरण गर्ने कामलाई तीव्रता दिने प्रतिवद्धता समेत व्यक्त गरे। 

अर्को समाचार छ- शिक्षकमाथि धरपकडको। प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरुलाई नियन्त्रणमा लिएको हो। 

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा गराइनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ।

अब खेल प्रसंग। विश्वका चर्चित तीन फुटबल लिग आजदेखि सुरु हुँदैछन्। इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल), स्पेनको ला लिगा र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेका हुन्। प्रिमियर लिगमा लिभरपुरका डिफेन्डर भर्जिल भान डाइक फर्किएपछि उसले यो सिजनमा पछिल्लो सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अड्कल काटिएको छ। यो सिजन चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र युनाइटेड नै उपाधिका प्रमुख दाबेदार हुन्।

प्रकाशित: Aug 13, 2021| 20:17 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।