शनिबार, वैशाख १५, २०८१

सुनको मूल्यमा दिनदिनै रेकर्ड, कति पुग्यो आज ?

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। गत सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड भइरहेको छ।

triton college

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजोको तुलानमा आज १ हजार ६०० रुपैयाँ बढेको छ।

हिजो मंगलबार १ लाख १७ हजार ७०० र सोमबार १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। चाँदी तोलामा १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

प्रकाशित: Nov 29, 2023| 11:06 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्