सोमबार, मंसिर २९, २०८२

ऋणमुक्त भयो आयल निगम, इन्धनको मूल्य घट्ने

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- झण्डै तीन वर्षदेखि घाटामा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ।

National life

सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम मंगलबारदेखि ऋणमुक्त बनेको हो।

निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो। इन्धनको मूल्य बढ्दै जाँदा एकै वर्षमा निगमले करिब ५० अर्ब घाटा बेहोरेको थियो। निगमले वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मंगलबार ब्याजसहित सबै चुक्ता गरेको छ। 

निगम ऋणमुक्त भएसँगै इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: Nov 29, 2023| 08:09 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्