मंगलबार, पुस १, २०८२

दक्षिण कोरियाको युवा जनसंख्या ३० वर्षमा आधा हुने

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

सोल- तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने आकलन गरिएको त्यहाँको तथ्याङ्क निकायले बताएको छ। 

National life

तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख्याको २० दशलमव चार प्रतिशत अर्थात एक करोड दुई लाख १३ हजार थियो। यो उमेर समूहको सङ्ख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड ९ लाख ६७ हजार भएपछि सन् २०५० मा यो सङ्ख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ। 

सन् २०५० मा कूल जनसङ्ख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ। कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत सङ्ख्या तीव्ररूपमा बढ्दो जनसङ्ख्याका बीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ। 

कूल युवा जनसङ्ख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ। यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्र रूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव ९ प्रतिशत भएको छ। 

कूल युवा महिलाहरूमा आर्थि रूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ। 

Laxmi sunrise bank
kumari

आर्थिक रूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ।   -सिन्ह्वा

प्रकाशित: Nov 27, 2023| 20:21 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्