बुधबार, वैशाख २६, २०८१

गाजामा युद्धविराम लम्ब्याउन मध्यस्थता प्रयास तीव्र

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

जेरुसलेम- विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयासलाई तीव्र पारिएको छ। युद्धविरामलाई थप लम्ब्याउने प्रयास भइरहेको प्यालेस्टाइनी स्रोतले जनाएको हो। ‘विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजरायल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्’, नाम उल्लेख नगर्ने शर्तमा प्यालेस्टाइनी स्रोतले सिन्ह्वालाई भनेको छ।

triton college

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय सङ्कट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ। हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ। आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजरायलसँग सहमति भएको थियो।’

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजरायल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुनसक्ने बताएका छन्। एक इजरायली भिडियो बयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताए।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ। युद्धविराम सम्झौतामा इजरायली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजराइली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ। सम्झौतापछिको चरणहरूमा रिहाइको सङ्ख्या बढाउने व्यवस्था गरिएको छ।  -सिन्ह्वा

प्रकाशित: Nov 27, 2023| 21:02 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्