आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ ‘ग्यालेक्सी ए आइ’ले पुर्‍याउनेछ नयाँ युगमा, के-के छन् विशेषता ?

सामसङ ‘ग्यालेक्सी ए आइ’ले पुर्‍याउनेछ नयाँ युगमा, के-के छन् विशेषता ?

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

इन्टरनेट तपाईंको औंलामा, क्यामरा तपाईंको खल्तीमा, र अब आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) ले सुधार्दै गरेको तपाईंको दैनिक जीवन।

triton college

सामसङ ग्यालेक्सीले इन्टरनेटको पहुँचलाई सहज गरी क्यामरालाई सञ्चारको माध्यम बनाइदिएको छ जुन बिना हामी बाँच्नै नसक्ने भइसकेका छौँ। अहिले सबैको आँखा ए आइ मा केन्द्रित भएपनि यसको केही खास विशेषताहरू अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन्। ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा छ।

सबैलाई सबै ठाउँमा, सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी ए आइ तपाईँको फोनको एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुन यसभन्दा अघि तपाईँले कहिल्यै देख्नु भएको छैन। ती सबै ठाउँहरूमा जहाँ यसको बढी महत्त्व छ– अवरोधरहित सञ्चारदेखि, सहज उत्पादकत्वसम्म, असीमित सृजनशीलतासम्म– हामी नयाँ सम्भावनाहरू उघार्दैछौं।

ग्यालेक्सी ए आइ मा दुई किसिमका ए आइ प्रविधि समावेश छ। सामसङद्वारा विकास गरिएको डिभाइस ए आइ र अरु समान विचारधाराका औद्योगिक अग्रणीहरूका साथ हाम्रो खुल्ला सहकार्यहरूबाट सक्षम गरिएका क्लाउडमा आधारित ए आइ, दुवैद्वारा सञ्चालन हुने एक वृहत् मोबाइल ए आइ अनुभव हो। यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा तपाईँले पाउनु हुने विश्वसनीयताका साथ तपाईँको हरेक दिनको मोबाइलसँगको अनुभवलाई परिवर्तन गरिदिनेछ।

ग्यालेक्सी ए आइ को फाइदाहरु के कस्तो छ भनी हेर्दा हामीले यसको एउटा मुख्य विशेषता “फोन कल” लाई उदाहरणको रुपमा लिन सक्छौँ। एआइ लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरूलाई जति बेला आवश्यक पर्‍यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ। किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झन्झट रहँदैन। अडियो र टेक्स्ट तपाईँले बोल्नु र लेख्नु भएकै समयमा नै अरु भाषामा अनुवाद भएर आउने छ। यो ग्यालेक्सी ए आइ डिभाइसमा नै भएको हुँदा, यसले तपाइको गोप्य वार्तालापहरू तपाईँको फोनमा नै सीमित रहनेछ।

corrent noodles
Metro Mart

आउँदो वर्षको सुरुमा ग्यालेक्सी ए आइले हामीलाई एउटा त्यस्तो संसारमा ल्याउनेछ जहाँ सामाजिक सञ्चारका अवरोधहरू तोडिनेछन्, र सञ्चार पहिले भन्दा अझै सहज र अझ बढी रचनात्मक हुनेछ।

यसरी ए आइ ले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ।

“मोबाइल प्रविधिसँग विश्वभरका मानिसहरूका लागि सञ्चार, सृजनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल ए आइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौँ।” इभिपि र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भन्नु भयो। “ग्यालेक्सी ए आइ हाम्रो आजसम्म कै सबैभन्दा बृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ।”

यो ग्यालेक्सी ए आइ को एउटा सानो झलक मात्र हो। अब मोबाइल ए आइको नयाँ युगको सुरुवातको लागि तयार रहनुहोस्।

प्रकाशित: Nov 27, 2023| 13:31 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्