आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिंकलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

वर्ल्डलिंकलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ। एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ)ले दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो।

National life

एसोसीओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए। देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउन महत्त्वपूर्ण पूर्वाधार विकास गरि देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई उक्त अवार्ड दिइएको एसोसीओले जनाएको छ।

एसोसीओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाललगायत २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घ‍‍‍‍संस्था सदस्यको रूपमा छन्। यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिँदै आएको छ। वर्ल्डलिङ्क यसअघि सन् २०१८ मा समेत एसोसीओको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भएको थियो।

सन् १९९५ तिर नेपालमा भर्खरभर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने उद्देश्यका साथ वर्ल्डलिङ्क बजारमा आएको थियो। शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट वञ्चित अति विकट तथा दुर्गम क्षेत्रमासमेत आफ्नो सेवा पुर्‍याएको छ। ८ लाखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिङ्कको सेवा हिमाली, पहाडी र तराई क्षेत्रमा फैलिएको छ।

 

kumari

प्रकाशित: Nov 27, 2023| 13:27 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्