शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफले जित्यो ‘बेस्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड

सिटिजन लाइफले जित्यो ‘बेस्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड’को चौथो संस्करणमा ‘बेस्ट स्टार्टेजिक फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड जितेको छ।

नेतृत्वदायी भूमिका निर्वाह गर्दै बिमाको क्षेत्रमा विशेष योगदान पुर्‍याएका एसिया महादेशभित्रका इन्स्योरेन्स कम्पनीमध्येबाट उत्कृष्टलाई इण्डियन चेम्बर अफ कमर्सले यो अवार्ड दिँदै आएको छ।

मुम्बई, महाराष्ट्रमा आयोजित समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो। जीवन बिमा कम्पनीमध्ये सेवा विस्तार र बिमा सचेतना पुर्‍याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रूपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो।

कम्पनीले देशभरका १४१ शाखा, उपशाखा र लगभग ६१ हजार बढी अभिकर्ताबाट सेवाग्राहीलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै आएको छ।

 

प्रकाशित: Nov 27, 2023| 13:26 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्