मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • घर बनाउँदै हुनुहुन्छ? शिवम् सिमेन्टले प्राविधिक जानकारीसहित ल्यायो ‘शिवम् सन्देश’

घर बनाउँदै हुनुहुन्छ? शिवम् सिमेन्टले प्राविधिक जानकारीसहित ल्यायो ‘शिवम् सन्देश’

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

एनएस क्‍वालिटी अवार्ड २०१९ बाट पुरस्कृत सिमेन्ट कम्पनी शिवम् सिमेन्टले घर बनाउँदै गरेका वा बनाउने सोच भएकालाई ‘शिवम् सन्देश’ लिएर आएको छ।

National life

वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती तथा कमजोरी नहोस् भन्ने उद्देश्यले शिवम् सिमेन्टले शिवम् सन्देश ल्याएको छ। घर निर्माण गर्ने क्रममा दु:खले कमाएको सम्पत्ति व्यर्थमा खर्च हुन नदिन सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक हुने कम्पनीले जनाएको छ।

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पूर्व बनाइने योजना, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारी समावेश गरिएको शिवम् सिमेन्टले जनाएको छ।

घर बन्ने जग्गाको छनोट, गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने? जस्ता थुप्रै उपयोगी जानकारीहरु समेटिएको शिवम् सन्देशले भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पुर्‍याउने जिकिर गरेको छ।

यस्तै, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ? घर बनाउँदा बजेटको व्यवस्थापन तथा वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जवाफ उक्त सामग्रीमा छ।

Laxmi sunrise bank
kumari

सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुंगा प्रयोग गरेर सिमेन्ट उत्पादन गर्दै आएको छ।

 

प्रकाशित: Nov 27, 2023| 13:24 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्