शुक्रबार, असार २६, २०८३

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

ग्लोबल आइएमई बैंकले बैतडी जिल्लामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले बैतडीको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा गएको आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरे। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५१ पुगेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३ सय ५१ शाखा, ३ सय ६९ एटीएम, २ सय ७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।

 

प्रकाशित: Nov 27, 2023| 13:20 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्