आइतबार, वैशाख १६, २०८१

सुनको भाउ अहिलेसम्मकै महँगो

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

काठमाडौं- सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ तोकिएको छ।

triton college

यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि गएको कात्तिक १२ गते सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो।

सुनको भाउ हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो। हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघको भनाइ छ। अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ।

आज चाँदी पनि तोलाको १ हजार ५ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै महँगो हो।

प्रकाशित: Nov 27, 2023| 11:22 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्