बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • प्यालेस्टाइनको दाबी : इजरायली सेनाले पश्चिम किनारमा आठजनाको हत्या गर्‍यो

प्यालेस्टाइनको दाबी : इजरायली सेनाले पश्चिम किनारमा आठजनाको हत्या गर्‍यो

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टाइनीलाई मारेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ।

triton college

जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारीसाधनसहित घुसपैठ गरेर इजरायली सेनाले पाँचजनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजरायली हमला थियो।

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एक इजरायली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो।

अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार इजरायली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो। उनीहरूले स्वचालित हतियारका साथ ठूलो लडाइँ भएको पनि जानकारी दिए।

इजरायली सेनाले उसले पश्चिम किनारको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतङ्कवादीविरोधी गतिविधिहरू’ गरेको बताएको छ। अगस्टमा दुई इजरायलीको हत्या गर्ने आक्रमणका संदिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ।

corrent noodles
Metro Mart

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिननजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ। रामल्लाह सहरनजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा इजरायली सेनाको हमलाका त्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले इजरायली सीमापार गरेको हमलापछि पश्चिम किनारमा हिंसा बढेको देखिएको छ। हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए।

हमास सरकारका अनुसार इजराइलले गाजामा बमबारी र स्थल कारबाहीका साथ प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा पश्चिम किनारमा २३० भन्दा बढी प्यालेस्टाइनीहरूलाई इजरायली बासिन्दा र सैनिकले मारेका छन्। 

प्रकाशित: Nov 26, 2023| 17:50 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्