आइतबार, वैशाख १६, २०८१

मनकामना केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ। सो अवसरमा मनकामना दर्शन प्रालिले विज्ञप्ति जारी गर्दै केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको स्मरण गर्दै आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ।कम्पनीले माता मनकामनाको अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको पनि बताएको छ।

triton college

केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन योगदान गरेको भन्दै विज्ञप्तिमा केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको उल्लेख छ।

कम्पनीले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो। कम्पनीको सुरुवाती परियोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकले ऋण लगानी गरेका थिए।सेवा सुरु गरेको ६ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेकोमा तत्कालीन विषम परिस्थितिका कारण ऋण चुक्ता गरिसक्न ७ वर्ष लागेको पनि कम्पनीले बताएको छ।

कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार २५ वर्षे अवधिमा केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको बताए। केबुलकार स्तरोन्नति भइसकेको र बाँकी काम पनि सम्पन्न गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुने उनले बताए।

कम्पनीका अनुसार सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ। ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ। कम्पनीको भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा करिब ५५ करोड रुपैयाँ लगानी हुने अनुमान छ।

corrent noodles
Metro Mart

रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहने पनि उनको भनाइ छ।उनका अनुसार मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ। यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ। यसैगरी कम्पनीले सामाजिक, परोपकारी कार्यलाई निरन्तरता दिने क्रममा मनकामना र आसपासका क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग र जातिलाई सहयोग गर्दै आएको बताएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले केबुलकार टिकटबाट भएको आम्दानीको १–१ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएको छ। साथै कम्पनी वर्षेनी उत्कृष्ट करदाताको रुपमा सम्मानित हुदै आइरहेको छ।

प्रकाशित: Nov 26, 2023| 11:41 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्