बुधबार, असोज ७, २०८३

नागपूजा समेत बदल्यो कोरोनाले [भिडियो रिपोर्ट]

तर यसवर्ष भने बाहिरबाटै भक्तजनहरूलाई पूजाआजा गर्न मात्र दिइएको तर मेलाको आयोजना भने नगरिएको स्थानीय अगुवा तथा नक्साल बक्सिङ क्लवका अध्यक्ष नवीन तण्डुकारले बताए।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण मानिसको जीवनशैली मात्र परिवर्तन भएको छैन, यसले हाम्रा चाडपर्व मनाउने तरिका पनि परिवर्तन गरिदिएको छ। राजधानीको नागपोखरीमा विगतका वर्षहरूमा नागपञ्चमीका दिन मेला नै लाग्ने गरेको थियो। 

तर यसवर्ष भने बाहिरबाटै भक्तजनहरूलाई पूजाआजा गर्न मात्र दिइएको तर मेलाको आयोजना भने नगरिएको स्थानीय अगुवा तथा नक्साल बक्सिङ क्लवका अध्यक्ष नवीन तण्डुकारले बताए। 

मानिस र प्रकृतिकाबीच निकट सम्बन्ध रहेकाले मानिसहरूमा नागभय नहोस् र शान्तिसुरक्षाका लागि नागपूजा गर्ने परम्परा रहेकाले आफूहरूले पनि यही रूपमा नागपूजालाई निरन्तरता दिइएको बताए।

यसपाली भक्तजनहरूले नागपोखरी भित्र प्रवेश गर्न पाएनन्। कोभिडका बेला भिड गर्न नहुने भएकाले बाहिरबाटै पूजा गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। भक्तजनहरूले पनि कोभिडको बाध्यता बुझेकाले सहज भएको उनले उल्लेख गरे। भक्तहरूले बाहिरबाटै नागको पूजा गरेपनि आफूहरूले भित्र गएर मूल नागको प्रतिमामा नै पूजा गरेको उनले उल्लेख गरे।  

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीका दिन घरका मूलढोकामा नाग टाँसेर मनाइएको छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्ने परम्परा बसेको बताइन्छ। प्रत्येक घरको जगमुनि नागको बास हुने र नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता चल्दै आएको छ। घरमा गरिने वास्तुपूजा पनि नागकै स्वरूप हो। त्यसैकारण घरमा नागपूजा गर्ने गरिएको छ। 

प्रकाशित: Aug 13, 2021| 19:57 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।