आइतबार, वैशाख २३, २०८१

एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

triton college
corrent noodles
Metro Mart

एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले  विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो ।

बैंकले शुक्रबार टोखा नगरपालिका वडा नं. ६ टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् ।

यस शाखासंगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ । पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रकाशित: Nov 24, 2023| 16:05 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्