एभरेष्ट बैंकले भैरहवास्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कम्पनीले मायादेवी गाउँपालिका- ३ स्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमो एटीएम सेवा सञ्चालनमा ल्याएको हो।उक्त सेवाको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन्।
सो अवसरमा कम्पनीका सीईओ खालिङले एटीएम सेवा विस्तारसँगै मिल्समा कार्यरत सम्पूर्ण मजदूर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका- ३ का स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न थप सहज र सरल हुने बताए।
सोही अवसरमा मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्राङगणमा एटीएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। योसँगै कम्पनीको एटीएमको संख्या १६३ पुगेको छ। सोही अवसरमा कम्पनीले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदूरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ।
कार्यक्रममा कम्पनीका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धि जानकारी गराएका थिए। उक्त कार्यक्रममा कम्पनीका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति थियो।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार गरेको उक्त कम्पनीका हाल १३ लाख ग्राहकहरु रहेका छन्।कम्पनीले देशैभरी छरिएर रहेको आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।