बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन सम्मानित

पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन सम्मानित

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

मुलुकको अग्रणी केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ। मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो।

National life

सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार कम्पनीलाई सम्मानित गरेको हो। सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए।

प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गर्नुभएको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ।

 

प्रकाशित: Nov 24, 2023| 15:11 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्