शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

नेपाल लाइफ इन्स्योरेन्स आइसिसी इमार्जिङ एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ समारोहमा 'आउटस्ट्याडिङ पर्फर्मेन्स इन द लाइफ इन्स्योरेन्स इन्डष्ट्री अफ नेपाल' बाट सम्मानित भएको छ।

कम्पनीलाई भारतको मुम्बइस्थित होटल ताजमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो। मंसिर ७ गते सम्पन्न अवार्ड समारोह इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो।

कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरूलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो।

उक्त अन्तर्राष्ट्रिय सम्मान यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्रहण गरे। चौथो आइसिसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ पिडब्ल्यूसी भारतको सहकार्यमा गरिएको हो।

संसारमै प्रतिष्ठीत परामर्शदाता पिडब्ल्यूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरुको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै कम्पनीहरूलाई विभिन्न विधामा सम्मानित गरिएको हो।

कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले  कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरिएको बताइएको छ।

 

प्रकाशित: Nov 24, 2023| 15:10 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्