शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मनिग्रामबाट पठाएको पैसा ईसेवा मनि ट्रान्स्फर मार्फत प्राप्त गर्न सकिने

मनिग्रामबाट पठाएको पैसा ईसेवा मनि ट्रान्स्फर मार्फत प्राप्त गर्न सकिने

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

विश्वका दुई सय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स भुक्तानी सेवा सुरू गर्ने सम्बन्धमा सम्झौता भएको छ।

National life

सम्झौतासँगै विदेशमा रहेका नेपालीले मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्।

नेपालमा ग्राहकहरूले मनिग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरूले १५ पुससम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन्। अफर अन्तरगत आगामी १० दिनसम्म मनिग्राम मार्फत नगद पठाउँदा अतिरिक्त १०० रुपैयाँ बोनस पाउनुका साथै टी–सर्ट, टोपी, कलम र किचनका आकर्षक सामग्राीहरू प्राप्त गर्नेछन्।

साथै १५ पुससम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन्। ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए।

Laxmi sunrise bank
kumari

सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने उनले बताए।

साथै भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन प्रतिबद्ध रहेको उनले बताए।

 

प्रकाशित: Nov 23, 2023| 14:47 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्