सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • युनिलिभर नेपालद्वारा विपद् पीडित समुदायलाई राहत सहयोग

युनिलिभर नेपालद्वारा विपद् पीडित समुदायलाई राहत सहयोग

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

युनिलिभर नेपाल लिमिटेडले हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

National life

युनिलिभर नेपाल लिमिटेडले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याएको थियो।

विगतका अन्य प्राकृतिक प्रकोपहरूमा जस्तै गरी, लचिलो भावनाका साथ युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ योगदान गरेको छ।

उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

 

kumari

प्रकाशित: Nov 23, 2023| 14:44 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्