शुक्रबार, असार २६, २०८३

जसले राज्यलाई सबैभन्दा बढी कर तिरे

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ। बिहीबार बिहान विभागले कार्यक्रम गरी विभिन्न १६ विधामा सबैभन्दा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। 

हरेक वर्ष कर दिवसमा धेरै कर तिर्नेलाई विभागले सम्मान गर्दै आइरहेको छ। अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल टेलिकमले बुझाएको छ। उसले आयकरतर्फको सम्मान प्राप्त गरेको छ। 

त्यस्तै निर्यात कारोबारबाट डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्ट्स्, कृषि तथा पशुपंक्षी उद्योगतर्फ ओबिसी फुड्स प्रालि, सहकारी तथा लघुवित्त संस्थातर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आइएमई बैंक, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ्य शिक्षा क्षेत्रतर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ मनकामना केवललकार, वस्तु व्यापारतर्फ भाभटेनी सुपर मार्केटले सबैभन्दा बढी कर बुझाएका छन्।

त्यस्तै ५० करोडदेखि एक अर्बको कारोबारबाट नेपाल स्टक एक्स्चेन्ज, ऊर्जामूलक उद्योगतर्फ भोटेकोसी जलविद्युत, रेमिट्यान्सतर्फ आइएमई रेमिट्यान्सले सबैभन्दा बढी कर तिरेका छन्।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर विजयकुमार शाहले तिरेका छन्। संस्थागततर्फ सबैभन्दा बढी कर तिर्ने र समयमा बिलबिजक बुझाउनेमा सूर्य नेपाल प्रालि रहेको छ।

प्रकाशित: Nov 23, 2023| 10:08 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्