बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इजरायल र हमासबीच भएको सम्झौता महत्वपूर्ण कदम : संयुक्त राष्ट्रसघं 

इजरायल र हमासबीच भएको सम्झौता महत्वपूर्ण कदम : संयुक्त राष्ट्रसघं 

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

जेनेभा- संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ।

National life

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेका छन्। गुटेर्रेसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो द्वन्द्व अन्त्य गर्ने सही दिशामा एउटा महत्वपूर्ण कदम हो, तर अझै धेरै गर्न बाँकी छ।’

इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ। 

‘मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ’, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘सम्झौतामा इजराइली कारागारहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको सङ्ख्या बढाइने सहमति भएको छ।’

अस्थायी युद्धविराम र मानवीय सहायताकालागि पहुँचको सट्टामा गाजामा बन्दी बनाइएका दुई सय ४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले कतार केही सातादेखि पर्दा पछाडि गहन वार्तामा संलग्न रहेको छ।   -एएफपी

kumari

प्रकाशित: Nov 22, 2023| 20:21 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्