शुक्रबार, साउन २, २०८२

इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

 |  मंगलबार, मंसिर ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

vianetvianet

तेल अवीव- इजरायलको विदेश मन्त्रालयले सोमबार दक्षिण अफ्रिकी अधिकारीहरूले गरेको पछिल्लो टिप्पणीपछि  प्रिटोरियाका लागि इजरायलका राजदूतलाई  फिर्ता बोलाएको छ। परामर्शका लागि राजदूतलाई जेरुसेलममा फिर्ता बोलाइएको छ।

केही दिनअघि दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न आह्वान गरेको थियो। एएनसीका प्रवक्ता महलेन्गी भेन्गु-मोत्सिरीले 'हामी पछाडि बसेर इजरायली शासनको नरसंहारी कार्यहरू हेर्न सक्दैनौं' भन्ने टिप्पणी गरेका छन्। 

इजरायलको यो कदम दक्षिण अफ्रिकाले इजरायलबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको दुई सातापछि आएको हो।   -एएनआई

प्रकाशित: Nov 21, 2023| 20:51 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्