बेरुत- दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ।
स्थानीय टिभी च्यानल अल-मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार संकलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ।
नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक पनि मारिएको बताएको छ। -सिन्ह्वा