शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजीनामा प्रकरणपछि कांग्रेस बैठकमा फेरि 'छिनाझपटी' : पौडेल रोक्दैछन्, देउवा झोक्किँदैछन्

राजीनामा प्रकरणपछि कांग्रेस बैठकमा फेरि 'छिनाझपटी' : पौडेल रोक्दैछन्, देउवा झोक्किँदैछन्

महाधिवेशन अनिश्चित भएपछि आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। आमन्त्रित केन्द्रीय सदस्यहरूलाई विभेद गरिएको उनको गुनासो पनि थियो।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यबाट २२ जनाले नै राजीनामा दिएपछि कांग्रेस बैठकमा खलबल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा बिहीबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा कांग्रेस नेताहरूबीच छिनाझपटी भएको हो। 

राजीनामा दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले फिर्ता लिन आग्रह गरेका थिए। 'राजीनामा फिर्ता लिनुस्। बरू म वडाबाटै आउँछु, तर याे विधानमै त्यस्तो व्यवस्था छैन। बरू विधान संशाेधन प्रस्ताव ल्याउनुस्। तपाईहरु जिद्दी नगर्नुस्,' उनले भनेका थिए। 

सभापति देउवा बैठकको बीचमा झोक्किएका थिए। 'राजीनामा दिनेहरूका पनि माग सुन्ने हो। सम्बोधन गर्ने हो। महाधिवेशनमा पनि यसबारे छलफल गरौँला,' सभापति देउवाले आक्रोशपूर्ण भावमा भनेका थिए।

राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्य जनकराज कलौनीले क्रियाशील सदस्यताको विवाद शीर्ष नेताहरूकै कारण निम्तिएको आरोप लगाए। 

महाधिवेशन अनिश्चित बन्नुको कारण क्रियाशील सदस्यताको विवाद भएको र क्रियाशील सदस्यता विवादको मुख्य कारण शीर्ष नेता भएको उल्लेख गरेका थिए। 'कांग्रेसमा व्यक्तिवादको समस्या देखिएको छ। क्रियाशील सदस्यताको विवाद पनि शीर्ष नेताकै विवाद हो। विधि र प्रकिया सबैका लागि समान हुनुपर्छ,' उनले भनेका थिए। 

महाधिवेशन अनिश्चित भएपछि आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। आमन्त्रित केन्द्रीय सदस्यहरूलाई विभेद गरिएको उनको गुनासो पनि थियो। 

'आमन्त्रित केन्द्रीय सदस्यको पनि जीवन छ। नीति विधि मान्ने मान्छे हो हामी पनि। विभेद गरिनु हुँदैन। कांग्रेस भित्र क्याडर हेर्दा रौ फुलेका मान्छेहरू छन्। निर्णय गर्दा सुझबुझका साथ गर्छन् भनेको बुझेँको थिएँ। तर त्यसो भएको पाइएन,' उनले भने। 

नेपाली कांग्रेसका नीति र सिद्धान्त बुझेर आफूहरू कांग्रेसमा कटिबद्ध भएको उनको भनाइ थियो। 'हामी २२ जना आमन्त्रित केन्द्रीय आजका लागि मात्रै होइन, भोलिका लागि पनि हो। विकास र विनास आफैंबाट सुरू हुन्छ,' उनले भने। 

यी हुन् सामूहिक राजीनामा दिएका कांग्रेसका २२ केन्द्रीय सदस्य

नन्दकुमार दत्त

कुमार खड्का

बालकृष्ण पाण्डेय

गोरख  विष्ट

नरेन्द्रकुमार चौधरी 

हसन अन्सारी

किरणराज शर्मा पौडेल

रमा कोइराला पौडेल

कष्णकिशोर घिमिरे

गोपालबहादुर बस्नेत

सुधीरकुमार शिवाकोटी

मनोहरनारायण श्रेष्ठ

ध्रुव वाग्ले

मोहनसिंह राठौर

शम्भुलाल श्रेष्ठ

अभिशेखप्रताप शाह

दयाराम पाण्डे

जनकराज कलौनी

भूमिबहादुर (विश्व) गुरुङ

दिलीप राई

आशाराम चौधरी

राजेशबहादुर सिंह


प्रकाशित: Aug 13, 2021| 19:02 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...